बुद्धनगरस्थित घरमा ६ तलामाथिबाट खस्दा दुईजनाको मृत्यु

१५ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

frontline

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हामफालेको हुनसक्ने बताइएको छ ।

विस्तृत अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here