बुढीगण्डकी बाढीपछि चुम उपत्यका पुगेका पर्यटक अलपत्र
गोरखा : भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटक अलपत्र परेका छन् । आइतबारको बुढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि उनीहरू अलपत्र परेका हुन् । हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटकहरू अत्तालिएका होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले जानकारी दिए ।
कतिपयलाई सोमबार बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको उनले बताए । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा धेरै पर्यटक छन् ।
कतैपनि जान नपाएपछि पर्यटकहरू रोएर बसेका छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताए । ‘कतै हिँडडुल गर्न पाएका छैनन् । बाकसमा हालेर राखेजस्तो भएको छ’,लामाले भने, ‘ कसैको भिसा सकिन लाग्यो भनेर आत्तिएका छन् । कोही नाकाबन्दी भयो भनेर आत्तिएका छन् ।’






प्रतिक्रिया दिनुहोस्