बुढीगण्डकी उपत्यकाका ५ हजार घरधुरी अन्धकारमा

गोरखा : बुढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका करिब ५ हजार घरधुरी विद्युत्विहीन बनेका छन्। आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलाबाट बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री–३ जगतस्थित लघुजलविद्युत्् आयोजनामा क्षति पुगेको थियो।

त्यसैकारण हजारौं घरधुरी विद्युत्विहीन भएको स्थानीयले बताएका छन्। बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका–३ र ६ मा विद्युत् अबरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए।

frontline

गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आँगा, सस्र्युं, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगतमा विद्युत् अवरुद्ध भएको हो। जसका कारण ९ सय ७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए। ‘बाढीले लघु जलविद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि बेपत्ता बनायो। पावर हाउसमात्र सुरक्षित छ’, उनले भने, ‘आइतबार बिहान ४ बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here