बुढीगंगामा एमालेका दुई वडाध्यक्ष निर्वाचित, मेयर र उपमेयरमा एमालेकै अग्रता
२५ असार बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ९३७ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।
हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ७ सय मतले अग्रता लिनुभएको छ । उहाँले १ हजार ७३२ मत ल्याउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहनुभएको छ । उहाँको १ हजार ३० मत छ ।
एमालेका उम्मेदवारले उपमेयरमा १ हजार ६८७ मत र कांग्रेसका उम्मेदवारले १ हजार ६७ मत पाउनुभएको छ । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्