बुढिगङ्गा आगलागी: पीडितलाई राहत र पुनर्स्थापनाको पहल

बुढिगङ्गा गाउँपालिका वडा नं. ३ स्थित गौकुवा ऋषिदेव टोलीमा वि.सं. २०८२ साल चैत्र ४ गते भएको भीषण आगलागीका कारण करिब ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए। उक्त घटनाबाट प्रभावित ११ परिवारका करिब ५५ जना सदस्यहरू हाल अस्थायी रूपमा जनता आधारभूत विद्यालय, बुढिगङ्गा–३ मा पुनर्स्थापना गरी बसोबासको व्यवस्था मिलाइएको छ।
सोही दिन बुढिगङ्गा गाउँपालिकाले पीडित परिवारहरूलाई तत्काल खाद्यान्न, लत्ता–कपडा तथा आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ। साथै गाउँपालिकाको समन्वयमा रेडक्रस सोसाइटी, कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन शाखा, तथा विभिन्न संघ–संस्थाहरू जस्तै रेडक्रस सोसाइटी मोरङ, लायन्स क्लब, टंकीसिनवरी ग्रीन सिटी लगायतबाट पनि राहत सामग्री वितरण भइरहेको छ।


त्यसैगरी आगामी दिनमा जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारबाट आगलागी पीडित प्रत्येक परिवारलाई रु. ५०,००० का दरले पुनस्थापना राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
पीडित परिवारहरूको स्थायी पुनर्स्थापना तथा घर पुनर्निर्माणका लागि दातृ निकायहरूसँग समन्वय गर्दै बुढिगङ्गा गाउँपालिकाका अध्यक्ष श्री जितनारायण थतमगरज्यूले पहल गरिरहनुभएको जानकारी गराउन चाहन्छौँ।
पीडित परिवारहरूको पुनर्स्थापना तथा सहयोगका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गर्दछौँ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here