बीएन्डसीलाई सम्बन्धन दिने केयूको निर्णय, सिफारिसका लागि आयोगलाई पत्राचार

काठमाडौं– काठमाडौं विश्वविद्यालयले झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (प्रस्तावित) लाई सम्बन्धन दिने निर्णय गरेको छ।  विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको निर्णय गरिएको र सो अनुसार सिफारिसका लागि चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को वैशाख ३१ गतेको बैठकले बीएण्डसीलाई सम्बन्धनको निर्णयका लागि सिफारिस गर्ने निर्णय गरी सोमबार आयोगलाई पत्राचार गरिएको हो।

frontline

विश्वविद्यालयको ८९ औं बैठकले नै बीएण्डसीको सम्बन्ध प्रक्रिया अगाडी बढाउने निर्णय गरेको र विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेको जनाएको छ।

विश्वविद्यालयको विज्ञ टोलीले निरीक्षण गरि प्रतिवेदन तयार पारी बीएण्डसीलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ को ६ अनुसार विश्वविद्यालयले सम्बन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लागि आयोगबाट निर्णय गर्न पत्राचार गरिएको छ।

चिकित्सा शिक्षा ऐनको दफा ६ मा  ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिई सकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन। काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षा संस्थाका हकमा आयोगले निर्णय गरे वमोजिम हुनेछ। आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले वाधा पुग्ने छैन।’

ऐनमा व्यवस्था भएअनुसार अब चिकित्सा शिक्षा आयोगले विश्विवद्यालयबाट भएका निर्णय, प्रतिवेदन र बीएन्डसीले बुझाएका कागजपत्रका आधारमा प्रक्रिया अगाडि बढाउने छ। आयोगले ऐन अनुसार विश्वविद्यालयलाई सम्बन्धन र सिट संख्या दिन मिल्ने वा नमिल्ने निर्णय गर्नेछ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले विश्वविद्यालयले निर्णय गरेको पत्र आयोगमा प्राप्त भएको जानकारी दिए। तर उक्त पत्रको विषयमा आयोगले कुनै निर्णय भने नगरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here