बीआरआई अन्तर्गत अनुदानमा एउटा प्रसंशनीय आयोजना दिएर राम्रो सन्देश दिनुपर्छ : अध्यक्ष दाहाल

२७ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चीनले नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अन्तर्गत अनुदानमा एउटा प्रसंशनीय आयोजना दिएर राम्रो सन्देश दिनुपर्ने बताएका छन् ।

नेपालको चारदिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओलाई आफ्नै निजी निवास खुमलटारमा स्वागत गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले उक्त कुरा बताएका हुन् ।

frontline

‘नेपाललाई बीआरआई अन्तर्गत चीनले अनुदानमा प्रसंशनीय आयोजना देओस् र त्यसले राम्रो सन्देश दिन सकोस्,’ उक्त छलफलमा सहभागी माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले दाहाललाई उदृत गर्दै भने ।

दाहालको निवासमा भएको भेटवार्तामा माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पुन र उर्जामन्त्री पम्फा भुसाल सहभागी थिए ।

यस अवसरमा दाहालले नेपाल र चीनबीचका तातोपानी, रसुवागढी, किमाथान्का र हिल्सालगायत नाकाहरूलाई समान्य अवस्थामा ल्याउनसमेत आग्रह गरेका थिए । ती नाकाहरू कोरोना भाइरसको संक्रमणको कारण सहज रुपमा सुचारु हुन सकेका छैनन् ।

माओवादी विदेश विभागका प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष दाहालले कोभिड–१९ का कारण चीन फर्कन नपाएका नेपाली विद्यार्थीहरुलाई छिटो फर्काउने विषयमा पनि कुरा उठाएका थिए ।

दाहालले उक्त अवसरमा नेपाल, नेपाली दलहरु र नेपाली जनता एक चीन नीतिप्रति प्रतिबद्ध गरेको नेपालमा कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने बताएका थिए ।

जवाफमा लिउले नेपालले एक चीन नीतिप्रति गरेको व्यवहारलाई प्रसंशा गरेका थिए । लिउले बीआरआईलाई अघि बढाउनको लागि नेपालले ठोस् कदम चाल्नु पर्ने र त्यसलाई चीनले ठोस रुपमा सहयोग गर्ने पनि बताएको पुनले जानकारी दिए । लिउले चीन नेपालमा लगानी गर्नको लागि इच्छुक रहेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here