बिहीबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

८ फागुन, काठमाडौं । बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले फागुन १२ गते बिहीबार १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाएका हुन् ।

frontline

आजको बैठकमा एमसिसी सम्झौता पेस गरिएको थियो ।

त्यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एमाले नेता भीम रावल, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले धारणा राखेका थिए ।

उनीहरूले एमसिसीको विरोध गरेका थिए । आजको बैठकमा पनि एमालेले नाराबाजी कामय राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here