बिर्को शिलन्बन्दीको पानी र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै उपभोग गर्न खाद्य विभागको आग्रह

१४ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको बोत्तल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

वर्षायाममा झाडापखाला रोगका विभिन्न हानीकारक शुक्ष्म जीवाणुहरुको संक्रमण बढ्ने र त्यस्तो पानीको प्रयोगबाट रोगको संक्रमण सम्भावना रहेको जनाउँदै विभागले डीएफटिक्यूसी नम्बर हेरेर मात्रै पानी उपभोग गर्न अनुरोध गरेको हो ।

frontline

त्यस्तै बिर्को शिलन्बन्दी भएको पिउने पानी उपभोग गर्न विभागले आग्रह गरेको छ । ‘दुषित पानीको प्रयोगले रोगको संक्रमण हुने सम्भवना छ, स्वच्छ तथा सफा पानीको प्रयोग गर्न सबैमा अनुरोध गर्दछाैं,’ विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिम प्रावधानहरु पुरा गरी खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गरेर उत्पादन र बिक्री गर्न उद्योगीलाई सूचित गरेका छौं । अन्यथा खाद्य ऐन नियम अनुसार कारबाही हुन्छ ।’

विभागले खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री गरेको जानकारी भए विभाग वा मातहतका कार्यलयमा सूचना उपलब्ध गराई दिन समेत आग्रह गरेको छ ।

उपत्यकामा हैजा देखिएपछि खाद्य प्रविधिले पानीमा निगरानी बढाएको छ । हैजाको बिरानी बढ्न थालेपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।

सोही क्रममा विभागले पनि सूचना प्रकाशित गरेर विभिन्न मापदण्ड अपनाएर मात्रै पानी उत्पादन गर्न उद्योगीहरुलाई निर्देशन दिएको छ ।

विभागका महानिर्देशक मतिना जोशी बैद्यले पानी उद्योगमा अनुगमन तीब्र बनाइएको बताइन् । ‘पानी क्षेत्रमा अनुगमन बढाएका छौं,’ उनले भनिन्, ‘गुणस्तरमा खेलवाड देखिए कानुन बमोजिम कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here