बिधायक यादवद्वारा छात्राहरुलाई साइकल वितरण
रौतहट । प्रदेश २ सरकारका प्रदेश सांसद तथा रौतहट जिल्लाको चर्चित बिधायक रामकिसोर राय यादवले गृह जिल्ला रौतहटमा आज बुधवार छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।
जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका प्रदेश सांसद यादवले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल प्रदान गर्नु भएको छ ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम राख्दै प्रदेश सांसद यादवले अलग अलग कार्यक्रमकाबीच रौतहटको विद्यालयमा कक्षा ९ मा अध्ययनरत सयौं छात्राहरुलाई साइकल वितरण गरेका हुन ।
परोहा नगरपालिकाको श्री ब्रह्मम ज्योति उच्च माध्यमिक विद्यालय लौकाहाको बिभिन्न आधारभुत विद्यालयको अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गर्नु भएको हो ।
प्रदेश सांसद तथा बिधायक रामकिसोर यादवले बाल्य अवस्थामा आफै एसएलसीसम्मको अध्ययन पुरा गरेको श्री ब्रह्मम ज्योति उच्च माध्यमिक विद्यालयमा साइकल वितरण गर्नुभएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै प्रदेश सांसद तथा बिधायक रामकिसोर यादवले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।
विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भयो ।
सो कार्यक्रममा प्रदेश सांसद तथा बिधायक रामकिसोर यादव,रौतहट जिल्लाको उपसभापती राम आशिष यादव ,परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल लगायत बिभिन्न कार्यकार्ताको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्