बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
२२ साउन, विराटनगर । बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर शनिबार राति विराटनगरमा एक जनाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लागेर विराटनगर महानगरपालिका–८ का ३० वर्षीय राजु मुखियाको मृत्यु भएको हो ।
आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा राति ९ बजेतिर करेन्ट लागेर मुखिया घाइते भएका थिए ।
उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए ।
शव पोस्टमार्टमका लागि कोसीमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्