बाल्यकालको सम्झनामा कोरेको नक्साले गरायो ३० वर्षपछि आमासँग भेट

श्रोत : ईन्टरनेट

१९ पुस, युनान  । एक चिनियाँ नागरिकले आफूले बाल्यकालको सम्झनामा कोरेको नक्साले ३० वर्षपछि आमासँग भेट गराएको छ ।

आफु बेचिएको ३० वर्षपछि ति पुरुषले बनाएको गाउँको नक्साको आधारमा आफ्नी आमासँग भेट भएको हो।

frontline

चीनको युनान प्रान्तका लि जिङ्वेई सन् १९८९ मा हराएका थिए । युनानको दक्षिण पश्चिम सहरबाट ४ वर्षको उमेरमा हराएका उनलाई बालबालिका तस्करहरुले करिब १८ सय किलोमिटर टाढाको सहरमा बसोबास गर्दै आएका निसन्तान दम्पतीलाई बेचेका थिए ।

आफ्नो बाल्यकालको सम्झनामा हातले कोरेको गाउँको नक्सा उनले २४ डिसेम्बरमा एक भिडियो एपमा अपलोड गरेका थिए ।

सो भिडियोमार्फत लिले भनेका छन्, ‘३३ वर्षसम्मको पर्खाइ, नसुतेका अनगिन्ती रात र बाल्यकालको यादमा हातले कोरेको नक्सा ।

म आफ्नो घर र आफ्नी आमालाई खोजिरहेको बालक हुँ ।’

आफ्नो छोरा हराएकी आमाको बयानको आधारमा र सो भिडियोमा देखिएको गाउँको प्रहरीले खोजी गरेको थियो ।

हाल दक्षिण चीनको ग्वाङदोङ सहरमा बसोबास गरिरहेका लिको डीएनएन संरक्षण दिइरहेका अभिभावकसँग नमिलेपछि उनले इन्टरनेटको सहायता लिएका थिए ।

इन्टरनेट र प्रहरीको सहयोगमा लि र उनकी आमाको डीएनए परीक्षण गरिएको थियो । दुवैको डीएनए मिलेपछि आमा-छोराबीच ३० वर्षपछि शनिबार युनान प्रान्तमा भेट भएको समाचार  समाचार बीबीसीमा छ।

छोराको बढी महत्व मानिने चिनियाँ समाजमा बालक हराउनु नयाँ विषय मानिदैन ।

चीनमा सानो उमेरमा बालबालिका बढी हराउने गरेको पाइन्छ । सन् २०१५ को एक आँकडाअनुसार हरेक वर्ष करिब २० हजार बालबालिका हराउने गर्छन्। जसमा अधिकांश बालकहरु पर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here