बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण काठमाडौं महानगरका मेयर बालेन साहले बजेट ल्याउन सकेनन् भने उपप्रमुखसँगको विवादका कारण धरान उपमहानगरका मेयर हर्कले पनि बजेट ल्याउन सकेनन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाल नगरपालिका संघले १० असारभित्र २४ वटा नगरपालिकाले बजेट पेस गर्न नसकेको जनाएको छ।
- बजेट नपेस्ने नगरपालिकामा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका समेत छन्।
- मध्यप्रदेश र गण्डकी प्रदेशका सबै नगरपालिकाले बजेट पेस गरेका छन्।
१० असार, काठमाडौं । देशभरिका २४ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन सकेनन् ।
नेपाल नगरपालिका संघले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरिका २४ वटा नगरपालिकाले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् ।
बजेट ल्याउन नसक्ने सूचीमा एक महानगरपालिका र एक उपमहानगरपालिकाका साथै २२ नगरपालिका छन् ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम नगरपालिकाहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट हरेक वर्ष १० असारभित्र पेस गरिसक्नुपर्ने व्यवस्था छ ।
तर १० असार साँझसम्म २६९ नगरपालिकाले मात्रै बजेट पेस गरेको संघले संकलन गरेको तथ्यांकमा उल्लेख छ । देशभरिमा महानगरसहित नगरपालिकाको कुल संख्या २९३ छ ।
काठमाडौं महानगरपालिकाका बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले बजेट ल्याउन नसकेका हुन् । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण मेयर बालेनले बजेट सार्वजनिक गर्न नसकेका हुन् ।
यसैगरी धरानका मेयर हर्कले उपप्रमुख अइन्द्रविक्रम बेघासँगको विवादका कारण बजेट ल्याउन नसकेका हुन् ।
संघको तथ्यांक अनुसार बजेट प्रस्तुत गर्न नसक्ने धेरै नगरपालिकाहरू मधेशका छन् । मधेशका ७७ नगरपालिकामध्ये १६ वटाले बजेट ल्याउन सकेनन् ।
यसैगरी बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका २ र कोशी तथा कर्णाली प्रदेशका १/१ नगरपालिकाले बजेट प्रस्तुत नगरेको संघले जनाएको छ ।
१५ असारभित्र बजेट नल्याउनेमा नगराइन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका रहेका छन् ।
यसैगरी बजेट सार्वजनिक नगर्नेमा हंसपुर नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, शुरुङ्गा नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, जलेश्वर नगरपालिका, औरही नगरपालिका छन् ।
यसैगरी बजेट नल्याउनेमा देवाही गोनाही नगरपालिका, वृन्दावन नगरपालिका, फतुवा विजयपुर नगरपालिका, निजगढ नगरपालिका, विदुर नगरपालिका, पनौती नगरपालिका, राप्ती नगरपालिका, लुम्बिबनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका छन् ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका शतप्रतिशत नगरपालिकाले १० असारभित्रै बजेट प्रस्तुत गरेको संघको तथ्यांकमा उल्लेख छ ।
हेर्नुहोस् सूची :







प्रतिक्रिया दिनुहोस्