बालुवाटार पुगेर प्रचण्ड र माधवले प्रधानमन्त्री देउवासँग गरे छुट्टाछुट्टै भेटवार्ता

१२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्ड र माधवले देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उनीहरूबीच चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी भएको बताइएको छ ।

frontline

मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम आइरहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु नयाँ सरकार निर्माणको खेलमा लागेका हुन् ।

अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने प्रयासमा उनीहरु जुटेका छन् । शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउनेबारे समझदारी बनेको थियो ।

आज बिहानै मात्र माधव नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । कोटेश्वरस्थित निवासमै पुगेका पौडेलले आफुलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न नेपालसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here