बालुवाटारमा आज : गभर्नर नियुक्ति, प्रधानमन्त्रीलाई रुघा र मन्त्रीहरुको बहिष्कार

राष्ट्र बैंकको रिक्त गभर्नर नियुक्ति आज पनि हुन सकेन । साँझ ६ बजे डाकिएको क्याबिनेट बैठक अन्तिम क्षणमा स्थगित भएपछि आजका एजेण्डा रोकिएका हुन् । प्रधानमन्त्रीलाई रुघा लागेकाले मन्त्रिपरिषद् बैठक रोकिएको उहाँको सचिवालयले जनाएको छ । तर, प्रधानमन्त्रीलाई बिसञ्चोको कारण अर्कै भएको काँग्रेस उच्च स्रोतको दाबी छ । 

गभर्नर नियुक्त गर्नुपर्ने अडानलाई गभर्नरले विभिन्न बहानामा आज पनि लत्याउन खोजेपछि काँग्रेसी मन्त्रीहरुले सामूहिक बहिष्कारको चेतावनी दिएको बताइन्छ । त्यसपछि प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन सम्पर्क गर्नुभयो । तर, देउवाले फोनमा कुरा नगर्ने, बालुवाटार आउने जवाफ दिएपछि उहाँहरुबीच छलफल भएको प्रधानमन्त्री स्रोतले बतायो ।

frontline

यता प्रधानमन्त्री निकटस्थहरुले गभर्नर सिफारिस समितिको बैठक नबसेकाले आजको बैठकमा उक्त अजेण्डा लैजान नसकिएको बताएका छन् । समितिका सदस्यहरुले प्रस्तावित गभर्नरका उम्मेदवारहरुको बायोडाटा, प्रमाणपत्रका सक्कल कागजात केलाउनुपर्ने माग गरेपछि बैठक अझै केही दिन लम्बिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । बीमा प्राधिकरणको अध्यक्षमा गत फागुनमा नियुक्त शरद ओझाको सबै कागजात मगाउने सर्वोच्च अदालतले आज आदेश दिएको छ ।  

प्रधानमन्त्रीले आज युरोपेली युनियनको प्रतिनिधिमण्डलसँग भेटमा मुखमा मास्क लगाउनुभएको थियो । मध्यान्ह बालुवाटारमा भएको उक्त भेटपछि खिचिएको सामूहिक फोटोमा भने प्रधानमन्त्रीले मास्क लगाउनुभएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here