बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

६ मंसिर, बेनी ।  ७ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा म्यागदीमा एक जना पक्राउ परेका छन्। म्याग्दीको मंगला गाउँपालिका–५ का ४७ वर्षीय थमबहादुर बिकलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गले जनाकारी दिए।

उनका अनुसार बिकविरुद्ध आइतबार म्याग्दी जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप गरिएको छ। 

frontline

चलचित्र देखाउने बहना बनाएर ललाई फकाई बलात्कार गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले बिकलाई पक्राउ गरेको थियो। 

२०७८ कात्तिक १८ गते दिउँसो १ बजेको घटनाको विषयमा प्रहरीलाई मंसिर ४ गते शनिबार मात्र खबर आएको थियो। मुलुकी अपराध संहिता २०७४ को परिचछेद १८ को दफा २१९ को उपदफा (३) (क) बमोजिम दश वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here