बालाजु बाइसधारामा आगलागी

२५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् ।

वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।

frontline

अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता मैनालीले बताए ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।

अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here