बार्सिलोना दुई खेल अगावै लालिगा च्याम्पियन

२ जेठ, काठमाडौं । एफसी बार्सिलोनाले दुई खेल खेल्नु अगावै स्पेनिस लालिगाको उपाधि पक्का गरेको छ । गएराति इस्पानियोलमाथि उसैको मैदानमा २-० को जित हात पार्दै २८औं लालिगा उपाधि सुनिश्चित गरेको हो ।

बार्सिलोनाको जितमा लामियन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको ५३औं मिनेटमा डानी ओल्मोको पासमा यामालले बक्सको किनाराबाट टप लेफ्ट कर्नरमा सुन्दर कर्लिङ्ग प्रहार गरेका थिए । यसै सिजनमा यो उनको १७ औं गोल हो।

frontline

चोटपटकबाट गुज्रिरहेको इस्पानियोलका लागि लेआन्द्रो काब्रेराले खेलको अन्तिम १० मिनेट बाँकी रहँदा यमालमाथि फल गरेर रातो कार्ड पाएका थिए।

इन्जुरी समयमा लोपेजले यमालको पासमा दोस्रो गोल थपे र बार्सिलोनाको २-० को जित सुनिश्चित गरे। यस जितसँगै बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ ।

दोस्रो स्थानको रियल मड्रिडको ३६ खेलबाट ७८ अंक छ ।

बार्सिलोना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here