बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो

गोरखा । गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ ।

गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो ।

frontline

यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here