‘बाबुराम धान झाँट्दै, हिसीला कोदो केलाउँदै’

श्रोत : ईन्टरनेट

२७ कार्तिक, काठमाडौँ। अनेकौँ राजनीतिक स्टण्ड गर्न खोज्ने तर भाका नपुर्‍याउने जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी तथा पार्टीकै नेत्री हिसिला यमीले फेरी एक रोचक तस्बिर सार्वजनिक गरेका छन्। उनीहरू अहिले गृह जिल्ला गोरखामा छन् । त्यहाँ कार्यकर्तादेखि स्थानीयसँगको भेटघाटमा व्यस्त छन् । 

आफू प्रधानमन्त्री रहेका बेला समेत महिनामा एक पल्ट आफ्नो गृह जिल्ला पुग्ने जमर्को गर्ने बाबुरामको त्यहाँ राम्रो छवि छ। त्यसो त उनले प्रधानमन्त्री भएका बेला देश दौडाहा गर्ने क्रममा मुसा देखी घुँगीको परिकार खाएका तस्बिरले पनि त्यो बेला निकै चर्चा पाएका थिए। शुक्रवार बाबुरामले आफूले धान झाँट्दै गरेको र हिसीलाले कोदो केलाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

frontline

बाबुराम दम्पतीले स्थानीयको धान र कोदो बाली भित्र्याउन सघाइरहेको तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै।’ यसरी स्थानीय जनतासँग प्रत्यक्ष भेटेर उनीहरूसँगै काम गर्ने र त्यसै बेला राजनीतिक छलफल गर्ने अभ्यास राम्रो हो। तर, नेपालमा भने यसलाई फण्डाको रूपमा मात्रै लिने गरिन्छ।  अनि जनताले दिनरात गरिरहेको काममा जोडिएको तस्बिरलाई सार्वजनिक गर्दै चर्चा बटुल्न खोज्ने बाबुरामको यो कदमलाई पनि त्यही रूपमा हेरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here