बानेश्वर सडकको संसद भवन अघिको मुल सडक भासियो

श्रोत : ईन्टरनेट

दिपेश श्रेष्ठ, ८ कात्तिक, काठमाडौँ : तिनकुने-बानेश्वर सडकको संसद भवन अघिको मुल सडक भासिएको छ। सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो।

त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ। खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ।

frontline

केहि वर्ष अघि अन्तराष्ट्रियस्तरको भनि विस्तार गरिएको ६ लेन सडकको बानेश्वर बाट तिनकुने तर्फ जाने लेनको मुख्य सडक भासिएको हो। सडक भासिए पछि अहिले उक्त खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here