बाढी पूर्व सूचना सम्बन्धित दूई दिने तालिम सूरू
मेवालाल यादव
कार्तिक १५ गौर
बाढी पूर्व सूचना सम्बन्धित दूई दिने तालिम आजदेखि गौर साइमन होटेलको सभाहलमा शुरु भएको छ।
रौतहटको लालबकैया खोला बाट प्रभावित जिल्ला को १३ वटा पालीकाको जनप्रतिनिधि तथा कर्मचारीहरूको उपश्थितिमा आज देखी सूरू भएको तालीममा, बाढी आऊनू भन्दा आगाडी सूचना हूने प्रविधि तथा आई सके पछी त्यसबाट जोगीने ऊपायहरूको बारेमा आज को प्रशिक्षक कूशूम बिष्टले जानकारी गराउनु भएको छ।
हाइग्रिड परीयोजना र इसीमोड माण्डबि को सहकार्यमा विपद व्यवसथापनको लागी पूर्व सूचना प्रणाली , पूर्व त्यारी र नगर स्तरीय विभिन्न कार्यक्रम गरीरहेको छ।
रौतहट जिल्लाको १३ वटा पालीकाहरू मध्ये ईशनाथ,राजपूर, बौधीमाई,मौलापूर,बिजयपुर फतूवा,माधवनारायन, राजदेवी, यमूनामाई,कटहरीया गौर लगायतका पालीकाहरूको जनप्रतिनिधि तथा कर्मचारीहरूकोउपस्थितिबाट तालीम फलदायी र अनुकूल हूने मौलापूर नगरपालीका को कार्यवाहक प्रमुख नागेन्द्र यादवले बताऊनू भएको छ।
भोली विहीवार विहान ७ बजे देखी सोही सभाहलमा तालीम शूरू भ्ई ३ बजे समापन हूने कार्यक्रम रहेको माण्डबि नेपाल को अध्यक्ष अन्जु झाले जानकारी गराईन।
प्रतिक्रिया दिनुहोस्