बाढीमा डुबेर बेपत्ता युवकको शव भारतमा भेटियो

११ कात्तिक, सप्तरी । सप्तरीको जीता नदीमा एकसाताअघि आएको बाढीमा डुबेर बेपत्ता भएका युवकको शव भारतमा भेटिएको छ ।

लगातारको बर्षाका कारण जीता नदीमा आएको बाढीमा डुबेर हनुमानगर कंकालिनी नगरपालिका ९ बस्ने २३ बर्षीय लालु मण्डल ३ कात्तिकमा वेपत्ता भएका थिए ।

frontline

सोही नगरपालिकाको वडा नम्बर १४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका मण्डलको शव भारतको कुनौलीमा पर्ने जीता नदीमै फेला परेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार शव केही सडेको अवस्थामा भेटिएको छ । शवको मुचुल्कासहित कानुनी प्रक्रिया भारतमै पूरा गरिने उनले बताए । कानुनी प्रक्रिया पूरा भएपछि शवलाई नेपाल ल्याउनका लागि पहल भइरहेको उनले बताए ।

साथी संजिव कुमार मण्डलसँगै उनी तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही क्रममा दुवैलाई खोलाले बगाएको थियो । बगाएपछि संजिव खोला तर्न सफल भएका थिए भने लालुलाई खोलाले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here