बाढीपहिरोले बगाएका नहरको पुननिर्माण सम्पन्न

श्रोत : ईन्टरनेट

बागलुङ । गतवर्ष बाढी र पहिरोले बगाएका ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लघु जलविद्युत आयोजनामध्ये अधिकांसको नहर पुननिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधिन छन् ।

जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले गण्डकी प्रदेश सरकारको बजेटमा ती नहरहरु पुननिर्माण गरेको हो ।

frontline

प्रदेश सरकारले पठाएको १ करोड १२ लाख रुपैयाँबाट डिभिजन कार्यालयले अधिकांस जलविद्युत आयोजनाको नहरहरु मर्मत गरेको इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए ।

गत वर्ष ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीले एकै खोलाका ६ वटा आयोजना बगाएको थियो ।

वडा नं. ५, ६, ७, ८ र ९ का लघु जलविद्युत आयोजनाहरु भुजीखोलाको बाढी र पहिरोले बगाएपछि अधिकांस बासिन्दा बिजुली बाल्नबाट बन्चित थिए ।

डिभिजनमार्फत संरचना बनेपछि अहिले नहर संचालनमा आएका छन् ।

बगेकामध्ये सैखोला लघु जलविद्युत आयोजना २ लाख, रुपैयाँको लागतमा मर्मत भएको हो ।

वडा नं. ६ को गाडीखोला लघु जलविद्युत आयोजनाको नहर ३ लाख रुपैयाँमा र वडा नं. ७ को भुजीखोला लघुजलविद्युत आयोजना ८ लाख ५० हजार रुपैयाँमा मर्मत भएको हो ।

संरचना निर्माणमा बजेट खर्च भएको हो भने अन्य काम उपभोक्ताले श्रमदान गरेर बनाएका हुन् ।

भुजीखोलाकै पाँचौ लघुजलविद्युत आयोजनामा ४ लाख ५० हजार, वडा नं. ३ को रिठाखोला लघु जलबिद्युत आयोजनामा ११ लाख ६० हजार रुपैयाँ खर्चेर मर्मत गरिएको हो ।

स्थानीय पालिकाले ती आयोजना मर्मतमा लगानी गरेका थिए । ‘सबैतिरबाट बजेट परिचालन गरेर विद्युत संचालन गर्न सकियो’ ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मण पुनले भने, ‘कतै अस्थायी, कतै स्थायी संचरना बनाएर बिजुली बालिएको छ ।’

बडिगाड गाउँपालिका वडा नं. ८ को चाँचलघाट जलविद्युत आयोजनाका लागि ११ लाख, जैमिनी नगरपालिकाको ठेउले खोलास्थित वडा नं. ८ मा दुई लाख, वडा नं. ९ र ४ मा चार÷चार लाख, वडा नं. १ मा २ लाख खर्चेर आयोजनाहरु मर्मत गरिएको हो ।

गलकोटको घोम्टेखोलामा ७ लाख, तल्लो साउनेखोलामा ८ लाख खर्चेर बिजुली बालिएको छ ।

तमानखोलामा पनि बाढीले लघु जलविद्युत अयाोजनामा क्षति पुगेको थियो । तीमध्ये तल्लो तमानखोला लघुबिद्युतमा १३ लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

निसीखोलातर्फ क्षति भएकामध्ये निसीखोला दोश्रो लघुजलविद्युत आयोजनामा ७ लाख ५० हजार र तेस्रोमा ८ लाख ५० हजार र वायखोलामा रहेको नहर ५ लाखमा मर्मत भएको हो ।

त्यस्तै जैमिनीको सुम्साघाट सिंचाइ आयोजनापनि डिभिजनले निर्माण गरेको छ । उक्त आयोजनामा ३० लाख खर्चेर नहर चलाइएको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताए ।

डिभिजनले सिंचाइ कुलो निर्माण तर्फपनि लगानी गरेको छ । तर ती आयोजनामा भने ४० प्रतिशत मात्रै प्रगती भएको बताइएको छ ।

कोरोना कहर, निशेधाज्ञा र हचुवाको भरमा आएका कतिपय योजना कार्यान्वयन कठिनाइ भएकोले प्रगती गर्न नसकिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here