बाटो बनाउदैमा नगरको विकास नहुने केन्द्रीय सदस्य यादव
राकेश यादव ११ कार्तिक
जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार यादवले बाटो बनाउदैमा नगरपालिकाको चौतर्फी विकास नहुने बताएका छन ! जनमत पार्टी गौर नगर कार्य समिति रौतहट द्वारा दीपावली तथा छठ पर्वको अवसरमा गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टीमा सोमबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै युवा नेता यादवले बाटो बनाएर नगरको समुन्नत बिकास नहुने तर्क गरे !
नगरपालिकाको विकासको लागि शिक्षा ,स्वास्थ्य , रोजगारी , आर्थिक समृद्धि हुनु आवश्यक रहेको जोड़ दिए ! केन्द्रीय सदस्य यादवले भने बाटो निर्माण भए शिक्षाको विकास नभए बाटो निर्माणको औचित्य नहुने उल्लेख गरे !
गौर नगरपालिकामा बाढ़ि आएको बेला देखिएको अवस्था र पीड़ामा परेका परिवारको दुखदायी परिस्थतिले चिन्ताको विषय बनेको बताए ! नगर प्रमुखले विकासको प्रचार गर्ने तथा विद्यालयमा शिक्षाको अवस्था दिन प्रतिदिन खस्किँदै गएकोले नगर प्रमुखको कार्य प्रति प्रश्न गर्ने ठाउ रहेको बताए !
गरीव ,असहाय परिवारलाइ खान धौ धौ परिरहेको अवस्थामा रोजगारी कसरी सृजना गर्ने , सहज रुपमा स्वास्थ्य सेबा आम नागरिकले कसरी पाउने, सामाजिक विसंगति विकृति , असमानता , आर्थिक समुन्नति शिप विकास कसरी गर्ने योजना सञ्चालन नगरे सम्म नगरको पूर्ण विकास नहुने भनाइ यादवको रहेको छ !
विद्यालय बाहिर रहेका बाल बालिकालाइ विद्यालय भर्ना प्रति ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्य यादवले सामाजिक आर्थिक सांस्कृतिक विकास प्रति प्राथमिकता साथ कार्य गर्नु पर्ने सुझाव समेत दिए !
नगर अध्यक्ष प्रमोद ठाकुरको सभापतित्वमा संपन्न भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डाक्टर राम शंकर ठाकुर केन्द्रीय सदस्य नविन कुमार श्रीवास्तव , प्रदेश सदस्य बाबू साहेब लगायतका बक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए !
प्रतिक्रिया दिनुहोस्