बाजुरा, स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन निर्वाचन आयोगको बैठक बस्दै

१४ मसिर, काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन निर्वाचन आयोगको बैठक बस्दैछ । पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढाउने भन्नेबारे निर्णय लिन आज आयोगको बैठक बस्न लागेको हो ।

यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा भएको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका छन् भने विवादकै कारण मतगणना हुन सकेको छैन ।

frontline

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगले धाँधली भएको भनिएको दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here