बाजुरामा १२ हजार बढीले दोस्रो डोज लगाएनन्

७ पौष, बाजुरा । बाजुरामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज लगाएका छैनन् ।

विभिन्न चरणमा पहिलो मात्रा लगाएका १२ हजार ४ सय ६९ जनाले दोस्रो मात्रा नलगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

frontline

बाजुरामा भेरोसेल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारका खोप सञ्चालन गरिएको थियो ।

जिल्लाका नौवटै स्थानीय तहबाट भेरोसेल र कोभिसिल्ड गरी ५५ हजार २ सय ६२ जनाले पहिलो मात्राको खोप लगाएका थिए ।

३८ हजार ५ सय ९० जनाले भेरोसेल र १६ हजार ६ सय ७२ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

तीमध्ये दोस्रो चरणमा २९ हजार २ सय ६१ जनाले भेरोसेल र १३ हजार ७ सय ३२ जनाले कोभिसिल्ड गरी ४२ हजार ९ सय ९३ जनाले मात्र खोपको दोस्रो मात्रा लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार १२ हजार २ सय ६९ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here