बाजुराको बुढीगंगामा प्रहरीद्वारा हवाई फायर

२३ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ ।

त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो ।

frontline

वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानमा समेत विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

उक्त मतदान केन्द्रमा विवाद बढेपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here