बाग्लुङ नगरपालिकाका पूर्वउपमेयर खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१९ भदौ, बाग्लुङ । बाग्लुङ नगरपालिकाका पूर्वउपमेयर सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार पूर्वउपमेयर खड्का, पूर्व वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम कुँवर र हिमालयजीवि उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूले नदी जन्य वस्तुको करमा अनियमितता गरी राज्यलाई १७ लाख ४० हजार ६६ रुपैयाँ बराबरको हानीनोक्सानी गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले क्षति र क्षति बराबर जरिमानसहित जनही ३४ लाख ८० हजार ६६ रुपैयाँ विगो दाबी गर्दै हदैसम्मको सजाय माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्