बाग्लुङ जिल्ला १० दिनदेखि सिडिओविहीन, शान्ति सुरक्षामा समस्या

१९ माघ, बाग्लुङ । बाग्लुङमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) विहीन बनेपछि जिल्लाको शान्ति सुरक्षामा समस्या थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकाल १० गते अर्थमन्त्रलायमा सरुवा भएर गएदेखि बाग्लुङमा १० दिनदेखि सिडिओविहीन बनेको हो । बाग्लुङमा नयाँ सिडियो पठाउनेबारे गृह मन्त्रालयबाट कुनै जानकारी नआइसकेको प्रशासन कार्यालयले जनाएको छ ।

frontline

सम्पूर्ण सरकारी कार्यालयका अभिभावक सिडिओ नै नभएपछि अन्य सरकारी कार्यालय प्रमुखलाई दैनिक कामकाजको बिषयमा दिने निर्देशन तथा जिल्लाको शान्ति सुरक्षामा समेत समस्या परेको छ ।

१० दिनदेखि सिडिओ नभएपछि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले निमित्त सिडियो भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

निमित्त सिडियो पौडेलका अनुसार प्रशासन कार्यालयबाट हुने मुद्धा सम्बन्धी काम सिडियो नहुँदा रोकिएको छ । त्यस्तै पेन्सनका कागजातको दुई नामथर प्रमाणित लगायत संवेदनशील प्रकृतिका कामकाजमा सिडियोको अनुपस्थितिले सेवा प्रवाहमा समस्या भएको कार्यालयका एक कर्मचारीले बताए ।

गृह मन्त्रालयले यसअघि बाग्लुङमा सिडियो तोकेर पठाएपछि मात्र सिडियो सरुवा गर्न प्रचलन भएपनि यसपटक भने नयाँ सिडिओ नपठाई सिडियोको सरुवा गरेको छ । जिल्लाको सबैभन्दा महत्वपुर्ण कार्यालय १० दिन सम्म प्रमुख विहीन हुँदा जिल्लाको सेवा प्रवाहमा समेत समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here