बागलुङ नगरपालिकाले गर्यो ३५ आइसोलेसन बेडको प्रबन्ध

फ्रन्टलाइन पालिका । बागलुङ नगरपालिकाले रातमाटास्थित पुरानो कार्यालय भवनमा ३५ बेड क्षमताको आइसोलेसन तयारी गरेको छ ।
धौलागिरि अस्पतालमा २५ बेड मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको नगर स्वास्थय शाखाले जनाएको छ । ती बेडका लागि अक्सिजनको व्यवस्था समेत गरिएको छ ।
लामो समयसम्म स्थानीय पालिकाले बेड नबनाएको गुनासो आइरहेको बेला बागलुङ नगरपालिकाले सक्रियता देखाएको हो । निर्माणाधिन बेडमा स्वास्थ्यकर्मी र अन्य सुविधा थप गर्न गण्डकी प्रदेश सरकारमा अनुरोध गर्ने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । स्थानीय श्रोतले भेटेसम्म काम गर्ने र नभएमा प्रदेश सरकारबाट पनि सहयोग जुटाउने पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगर स्वास्थ्य शाखामा पनि स्वास्थ्यकर्मीको दरबन्दी अभाव छ । दरबन्दी थपेर भएपनि सेवा चुस्त बनाउने योजना बनाइएको हो ।
बाहिरबाट आउनेका लागि रामरेखामा होल्डिङ सेन्टर निर्माण सुरु भएको छ ।
सुरुवातमा सुस्त भएपनि बागलुङका अन्य पालिकाले पनि आइसोलेसन बढाउन थालेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन बनाइसकेको छ भने बडिगाड गाउँपालिकाले स्थानीय स्वास्थ्य संस्थामै १५ बेड आइसोलेसन बनाएको छ । यस्तै तमानखोला, निसीखोला, बरेङ लगायतले पनि आइसोलेसन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here