बागलुङ नगरपालिकाको १९औँ नगरसभा
बागलुङ नगरपालिकाले आगामी आव २०८३/०८४ का लागि रु. एक अर्ब १४ करोड ९४ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख राजु खड्काले बजे प्रस्तुत गरेको बजेटमा नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ रु. १५,६५,००,०००।, सशर्त अनुदानतर्पm रु. ५९,१६,००,०००।, समपुरक अनुदानतर्पm रु. १,६१,००,०००। विशेष अनुदानतर्फ रु. १,८०,००,०००। आय अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु. २,१७,४२,०००।, समपुरक अनुदानतर्फ रु. ६०,००,०००।, बिशेष अनुदानतर्फ रु. ३९,९५,०००। संघ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटबाट रु. १५,५५,४६,०००।, आन्तरिक राजस्व र अनुमानीत बैंक मौज्दातसहित रु. १८,००,००,०००। समेत गरी जम्मा रु. १,१४,९४,८३,०००। आय अनुमानितसहितको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरिएको हो ।
व्ययतर्फ प्रशासनिक खर्चमा रु. १७ करोड ४३ लाख, सङ्घीय समपूरकतर्फको दायित्व रु. तीन करोड ५५ लाख ९४ हजार दुई सय ४९, प्रदेश समपूरक दायित्व रु. नौ लाख, बहुवर्षीय योजनाको भुक्तानी दुई करोड ११ लाख ७३ हजार दुई सय ४१, चालु आवको चालु बजेटको भुक्तानी बाँकी रु. एक करोड ७५ लाख, पूँजीगततर्फ भुक्तानी रु. एक करोड ५० लाख, नगर विकासको कोषको साँवा ब्याज भुक्तानी रु. तीन करोड ५० लाख, नगरस्तरीय कार्यक्रमका लागि रु. १५ करोड ४७ लाख १५ हजार चार सय ४०, शाखागत कार्यक्रमका लागि रु. तीन करोड १६ लाख, वडास्तरीय योजनाका लागि रु. छ करोड ४० लाख र सर्शत अनुदानतर्फका कार्यक्रमका लागि रु. ५९ करोड १६ लाख बजेट विनियोजन गरिएको हो ।
बजेटमा नगरको अर्थतन्त्रलाई चलायमान बनाई उच्च एवं समावेशी आर्थिक वृद्धि, बालमैत्री स्थानीय शासन नगर घोषणाको दिगोपना, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यकीय सेवाको गुणस्तर र सहज पहुँच, सुशासन र नागरिकमैत्री सेवा प्रवाह, फोहरमैलाको उचित व्यवस्थापन तथा वातावरण संरक्षण, कृषि, पशु तथा पर्यटन विकास, आर्थिक समृद्धिका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको साझेदारी, उद्यमशीलता विकास र रोजगारी सिर्जना आदिलाई प्राथमिकताका दिइएको उपप्रमुख खड्काले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्