बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन

बलेवा, ९ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।

बागलुङ बजारमा आज सम्पन्न भेलाले उहाँको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन हुनुभएको छ ।

frontline

महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन हुनुभएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्ला भेला आयोजक कमिटीको संयोजक बन्नुभएका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।

त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेशागत महासङ्घमा रीता राना र अखिल नेपाल महिला सङ्घ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here