बागलुङमा नमूना प्राणी उद्यान, भौतिक संरचना तयार हुँदै

बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि मालिका क्षेत्रलाई प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउने योजना सार्वजनिक भयो । जिल्लाको कुनै पनि ठाउँमा प्रयोगमा नआएको योजना धेरै महत्वकांक्षी र पूरा हुन नसक्ने भनेर टिप्पणी भए पनि अहिले उक्त योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
बागलुङ नगरपालिका–५ मालिका क्षेत्रको बनमा पार्क निर्माणको लागि संङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारी कार्यक्रममार्फत भौतिक संरचना निर्माणमा जुटेका हुन ।
गण्डकी प्रदेश सरकारले उद्यान निर्माण क्षेत्रमा पर्यटन लक्षित पदमार्ग निर्माणको लागि ५० लाख रुपियाँ बजेट विनियोन गरेको थियो । उक्त रकमबाट मालिका भगवती मन्दिरदेखि जंगल क्षेत्रको करिव छ सय मिटरदुरीसम्म पदमार्ग निर्माणको काम जारी रहेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गत वर्ष निर्माण गरेको थियो । नगरपालिका वडा –५, ६ र ७ मा पर्ने पाँच वटा सामुदायिक वनलाई समेटेर प्राणी उद्यान बनाउन नगरपालिकाले योजना बनाएको छ । स्थानीय तहको निर्वाचतताका वाम गठबन्धनको साझा घोषणपत्रमा मालिका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो ।
उद्यान निर्माण कार्यलाई गति दिन यस बर्ष सङघीय सरकार र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत पाँच करोड ६१ लाख रुपियाँ बिनियोजन 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here