बागमती प्रदेश कमिटी बैठक काठमाडौँमा

काठमाडौँ, ९ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने भएको छ ।

वाग्मती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

frontline

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव सङ्कलन गरिने छ ।

कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ । बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ ।

स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साङ्गठनिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here