बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आज ४ बजे मन्त्रीको सपथ

फ्रन्टलाइन, राजनीति । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद् विस्तार गर्दैहुनुहुन्छ ।
सत्तारुढ नेकपा एमालेको एकल बहुमत रहेको बागमतीमा मुख्यमन्त्री पौडेलले बुधबार तीन जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बुधबार अपरान्ह ४ बजे नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने भएको छ ।

frontline

कसलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने बारे भने जानकारी दिइएको छैन । तत्कालिन नेकपा दुई धारमा विभाजित भएपछि माओवादी केन्द्र र एमाले माधव समुहका गरि ३ जना मन्त्रीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here