बागमती नगरप्रमुख थापाको महत्त्वाकांक्षी योजना फनपार्क

बागमती नगरको गौरवको आयोजनाको रूपमा रहेको फनपार्कको निर्माण ठेक्का सम्झौता भएको छ ।

मंगलबार ठेक्का सकारेको निर्माण व्यवसायी गौरी पार्वती सुनकोसी धुलिखेल जेभी नयाँ बानेश्वर काठमाडौं र बागमती नगरपालिकाबीच ठेक्का सम्झौता भएको हो । १७ करोड रुपैयाँमा ठेक्का सकारेको निर्माण कम्पनीले योजनाको ९० प्रतिशत काम सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।

frontline

फनपार्क एक वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर उत्तर बागमती नगरपालिका– ११ स्थित बुद्ध शान्ति तपोवन नजिक निर्माण हुन लागेको पार्कको क्षेत्रफल ६७ रोपनी रहेको नगरपालिकाका इन्जिनियर सागर पौडेलले बताए ।

ठेक्का सकारेको निर्माण कम्पनीले सम्झौतालगत्तै निर्माण आरम्भ हुने जनाएको छ । फनपार्क निर्माण हुने भएपछि स्थानीय तथा नगरवासी उत्साहित भएका छन् ।

फनपार्कको पर्खाल निर्माणलगायतका केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए ।

पवित्र तीर्थस्थल नुनथर र बागमती नदी किनार तथा चुरे शृंखलाको काखमा रहेको यो फनपार्क पर्यटकीय हिसाबले प्रदेश २ कै नमुना हुने नगरपालिकाको अपेक्षा छ ।

बागमती नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएलगत्तै नगरप्रमुख भरतकुमार थापाले नगरको महत्त्वाकांक्षी योजनाको रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सारेका थिए । निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायतका कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको थापाले बताए ।

योजना महत्त्वाकांक्षी भए पनि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने उनकोे दाबी छ । स्थानीय संस्कार–संस्कृति र रहनसहनसमेत पार्कको आकर्षणको केन्द्र बन्ने थापाले बताए । पार्कसँगै रहेको बागमती नदीमा पर्यटकहरूका लागि बोटिङको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

सुरुमा फनपार्कको लागत २५ करोड रुपैयाँ अनुमान गरिएको भए पनि ९० प्रतिशत कामका लागि १७ करोड रुपैयाँमा ठेक्का लागेको हो । पार्कको तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले १३ वैशाख २०७५ मा शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here