बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन

२७ कार्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ ।

तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत चयन भएका छन् ।

frontline

अरु जिल्लातिर पनि सर्वसहमत प्रतिनिधि चयनको प्रयास भइरहेको तामाङले बताए । १०–१२ मंसिरमा एमालेको १०औं महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here