बागमतीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा

२२ भदौ, काठमाडौं । बागमती प्रदेशका एक-दुई स्थानमा बुधबार मेघ गर्जन र चट्याङ सहित भारी वर्षा हुने भएकाे छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ अवस्थामा पनि बुधबार दिउँसाे बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना भएकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

frontline

अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ।

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

जसकारण यी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here