बाँकेमा लकडाउन

कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले  बाँकेमा ९ वैशाखदेखि लकडाउन गर्ने भएको छ । 

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेपछि बाँके प्रशासनले लकडाउन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।  उनले लकडाउनका वेला अति आवश्यक कामबाहेक हिँडडुल गर्न नपाइने बताए । बाँकेमा ६ वैशाखमा मात्र तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here