बहुमत नजुटेपछि सरकारको दाबीबाट कांग्रेस पछि हट्यो

फ्रन्टलाइन राजनीति । नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ । बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने लगभग निश्चित भएसंगै बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको काँग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) ले साथ नदिएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएका कारण बहुमत नपुग्ने अवस्था देखिएकाले दाबी नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

frontline

अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने नेता महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here