बस र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु, दुईजना घाईते

२१ माघ, मलंगवा । सर्लाहीको मलंगवामा शनिबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुईजना घाईते भएका छन्।

मलंगवा नवलपुर सडकखण्ड अन्तर्गत मलंगवा नगरपालिका वडा नं. ४ स्थित प्रहरी चौकी नजिक बस र मोटरसाइकल एक आपसमा ठोक्किएको हो।

frontline

मलंगवाबाट उत्तरतर्फ जाँदै गरेको ना.१ झ ४९५१ नम्बरको स्कूल बस र सलेमपुरबाट मलंगवा तर्फ जाँदै गरेको बीआर ०६ बीपी ३५१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालक कविलासी नगरपालिका वडा ९ सलेमपुरका जुगेश्वर महतोको अन्दाजी १८ वर्षको छोरो दिपेन्द्र महतोको मृत्यु भएको छ।

 ठक्कर लागेर गम्भिर घाईते भएका महतोको उपचारका लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। ल्याउँदा ल्याउँदै बाटो मै उनको मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार कविलासी नगरपालिका वडा नं. १० की हृदय नारायण महतोकी छोरी शवनम महतो र जगदिश महतोकी छोरी पूजा महतो घाइते भएका छन्। 

घाईते दुवैको प्रादेशिक अस्पताल मलंगवामा समान्य उपचार पश्चात थप उपचार गर्न वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here