बस्नै नसक्ने भएपछि प्रचण्डको साथ छोडेको :मेयर कुशवाह

प्रभु साहसँग चुनाव लड्न प्रचण्डलाई चुनौती

प्रभु साहलाई हराउन त्यति सजिलो छैन

काठमाडौं- रौतहटको कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग अब कोही पनि नबस्ने प्रतिक्रिया दिनुभएको छ ।

frontline

‘शान्ति, स्थायित्व, विकास र समृद्धि ल्याउने नेताको पक्षमा म उभिएको हूँ, सत्ताका लागि जे मन लाग्छ त्यो गर्नु राम्रो होइन, प्रचण्ड सत्ताको खेलमा लाग्नुभयो, ओली देश बनाउने अभियानमा हुनुहुन्छ, त्यसैले ओलीलाई साथ दियौँ

एमालेमा लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सियारामलगायत रौतहटका स्थानीय जनप्रतिनिधिलाई कारबाही गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । बस्नै नसक्ने भएपछि आफूहरूले प्रचण्डको साथ छोडेको मेयर कुशवाहले बताउनुभयो ।

प्रचण्डसँग नेताहरू बस्न नसक्नुको कारण बताउँदै उहाँले भन्नुभयो, ‘सबथोक मै मात्र हुँ भन्ने अंहकार प्रचण्डमा छ, जुट होइन फुट उहाँको एजेण्डा नै बनेको छ, पदमा मात्रै ध्यान छ, त्यसैले अब उहाँसँग कोही बस्न सक्दैनन, बसेकाले पनि विस्तारै साथ छोड्दै छन् ।’

शान्ति, स्थायित्व, विकास र समृद्धि ल्याउने नेताको पक्षमा म उभिएको हूँ, सत्ताका लागि जे मन लाग्छ त्यो गर्नु राम्रो होइन, प्रचण्ड सत्ताको खेलमा लाग्नुभयो, ओली देश बनाउने अभियानमा हुनुहुन्छ, त्यसैले ओलीलाई साथ दियौँ’

उहाँले प्रचण्डको खराब बानीकै कारण आफ्नै गुरु भन्नेहरूले पनि उहाँलाई छाडेर गएको बताउनुभयो । मेयर कुशवाहले प्रश्न गर्नुभयो, ‘तपाईसँग को बस्न चाहन्छ? तपाईं कसैको भलो चाहानुहुन्न, देशको विकास चाहानुहुन्न, सबैको दुरगति होस भन्ने मात्र चाहनुहुन्छ, त्यसैले त तपाईंलाई काँधमा बोक्नेहरूले समेत छोडेर गए ।’

माओवादीबाट चुनाव जितेर कटहरीयाको मेयर बन्नुभएका सियारामले एमालेमा भविष्य देखेर गएको स्पष्ट पार्नुभयो । ‘एमालेमा भविष्य देखेँ, माओवादी छोडेँ मैले के बिराएँ?,’ उहाँले प्रश्न गर्नुभयो । माओवादी केन्द्रले रौतहटको विभिन्न स्थानीय तहका पाँच उपप्रमुख र दुई प्रमुखको पद खारेज गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ ।

कुशवाहको पद पनि खारेज गर्न निर्वाचन आयोगमा पत्र पुगेको छ । उहाँले आयोगको निर्णयपछि कानुनी उपचार खोज्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली देश बनाउने नेता भएकाले उहाँको पक्षमा आफू उभिएको मेयर ले बताउनुभयो ।

‘शान्ति, स्थायित्व, विकास र समृद्धि ल्याउने नेताको पक्षमा म उभिएको हूँ, सत्ताका लागि जे मन लाग्छ त्यो गर्नु राम्रो होइन, प्रचण्ड सत्ताको खेलमा लाग्नुभयो, ओली देश बनाउने अभियानमा हुनुहुन्छ, त्यसैले ओलीलाई साथ दियौँ,’ मेयर कुशवाहले भन्नुभयो ।

जनताले आफूहरूको पार्टीलाई भन्दा पनि व्यक्तिगत छविलाई भोट दिएको उहाँले बताउनुभयो । रौतहटकै भए पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जिल्लाका लागि केही नगर्नुभएको कुशवाहको भनाइ छ । तर, वर्तमान मन्त्री प्रभु साहले धेरै काम गर्नुभएको कुशवाहले बताउनुभयो ।

तस्बिर : ईन्टरनेट

जनतामा कसको लोकप्रियता कति छ भन्ने जाँच्नका लागि प्रभु साहसँग चुनाव लड्न प्रचण्डलाई उहाँले चुनौती समेत दिनुभयो । ‘प्रचण्डजी आएर लडेपनि प्रभु साहलाई हराउन त्यति सजिलो छैन, त्यति विश्वास जितेको मान्छे हो उहाँ,’ उहाँलेले भन्नुभयो । मन्त्रीका लागि पटकपटक नाम आउँदापनि प्रचण्ड र माधवले प्रभु साहको नाम काटिदिनु भएको सियारामको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here