बस्नेत र राईलाई देउवाको जवाफ- हामी पनि जेल बसेरै आएका हौं

News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निलम्वित सांसदद्वयको पक्राउलाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको छ।
- सभापति देउवाले राजनीतिमा यस्तै घटनाहरू सामान्य भएको र आफूहरु पनि जेल बसेर आएको स्मरण गराउनु भएको थियो।
- सांसद राईले पार्टीले संरक्षण नगरेको गुनासो गरेकी थिइन् र भावुक हुँदै आफ्नो स्थिति व्यक्त गरेकी थिइन्।
३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।




शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् ।
बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरूले आवाज उठाएको र सभापति देउवाले जवाफ दिएको बताए ।
‘उहाँहरू (बस्नेत र राई) को कुरा पनि उठ्यो, उहाँहरूको विषयमा पनि सांसदहरुले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्युले जवाफ दिनुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो ।’
उनका लअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरूलाई स्मरण गराए ।
बैठकमा सांसद राईले आफूलाई पार्टीले संरक्षण नगरेको गुनासो गर्दै भावुक सम्बोधन गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्