बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

७ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-१० पिप्ले घर भई हाल सोही ठाउँस्थित मेरो माईक्रो फाईनान्समा काम गर्ने २३ वर्षीय बासु बस्नेत रहेका छन् ।

frontline

मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बा.४ ख ७७६६ नम्बरको बसले बागमती प्रदेश ०२-०२० प ८११४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।

ठक्कदर दिने बस चालक फरार भएका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here