बसको ठक्करबाट विद्यार्थीको मृत्यु

१ पुस, कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट  एक जना विद्यार्थीको मृत्यु भएको छ। शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

frontline

बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे। शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए। 

घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here