बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि…

१६ असोज, काठमाडौं । काठमाडौंको माकलबारीमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो ।

frontline

आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो ।

सो क्रममा मान्छेलाई लखेटेपछि भागादौड मच्चिएको थियो । प्रहरीका अनुसार घटनामा कसैलाई पनि चोटपटक भने लागेको छैन ।

यसअघि पनि काठमाडौंमा राँगालाई गोली हानेर मारिएका घटनाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here