बर्दिया मधुवन-२ ओराली बजार मंगलबार बिहानदेखि तनावग्रस्त

फाइल तस्बिर

२४ जेठ, बर्दिया । प्रहरीको गोली लागि १८ वर्षीया किशोरीको मृत्यु भएपछि तनावग्रस्त रहेको मधुवन नगरपालिका–२ ओराली बजार मंगलबार बिहानदेखि तनावग्रस्त रहेको छ ।

प्रहरीले चलाएको गोली लागि मधुवन–२ कि नविना चौधरीको सोमबार मृत्यु भएको थियो ।

frontline

घटनामा राकेश चौधरी गोली लागि घाइते भएका थिए । उनको उपचार नेपालगन्जमा भइरहेको छ । गोली लागेका चौधरी खतरामुक्त रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

घटनालाई लिएर स्थानीयले हुलाकी सडक अन्तर्गत ओराली बजार—गुलरिया र राजापुर सडक खण्डमा टायर बालेर अवरोध जारी राखेका छन् । यस ठाउँमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

यसैबीच मधुवन नगरपालिकामा यस घटनालाई लिएर नेपाल प्रहरी,सशस्त्र प्रहरीका डिआइजी, प्रजिअ, प्रहरी प्रमुख लगायत सर्वदलीय बैठक बसेको छ ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता सुरेश पन्थले प्रहरीले गोली चलाउनु नपर्ने अवस्थामा मानिसलाई ताकेर हानेको, प्रदर्शनकारीले प्रजिअ, वनका प्रमुखलाई ओराली बजारमा छलफलका लागि बोलाउँदा नआएपछि जबरजस्ती बल प्रयोग गरिएको भन्दै दलका प्रतिनिधीले आक्रोश पोखेको बताए । छलफल जारी रहेको छ ।

प्रहरीको गोली लागि मृत्यु भएकी चौधरीको शव अस्पतालमा राखिएको छ । उनको शव परीक्षण यो समाचार तयार पार्दासम्म भएको छैन ।

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दे वन्यजन्तु पीडितले प्रदर्शन गरेका हुन् । खाता जैविकमार्गमा विगत तीन वर्ष यता खाता जैविकमार्गमा नौ जनाको बाघको आक्रमणमा ज्यान गइसकेको छ ।

१३ दिनअघि खाता जैविकमार्गको मधुवन नगरपालिका—२ मा बाख्रा चराउन गएकी ४९ वर्षिया कौशिका पाललाई बाघको आक्रमणमा मृत्यु भएको थियो ।

जनजागृति सामुदायिक वनमा बाघको आक्रमण भएको १३ दिनमै सोही ठाउँमा सोमबार बिहान खेत गएकी ४१ वर्षीया अस्मिता थारुलाई बाघले आक्रमण गरी गम्भिर घाइते बनाएको थियो ।

यस क्षेत्रमा निरन्तर बाघको आक्रमण बढेपछि प्रदर्शनमा उत्रेका हुन् । मानिसको ज्यान जानु, घाइते हुन थालेपछि स्थानीय समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिनु पर्ने र तारबार लगाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here