बर्दियामा भारतीय जंगलबाट आएका जंगली हात्तीको आतंक

२५ कात्तिक, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–२ धनैरामा जंगली हात्तीले आतंक मच्चाएको छ ।

भारतीय सीमावर्तीे जंगलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए ।

frontline

उनले भने, ‘भारतीय सीमावर्ती जंगलबाट दिनहुँजसो आउने जंगथली हात्तीले केराखेतमा आतंक मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ ।’

भारतीय सीमावर्तीबाट आउने जंगली हात्तीले बर्सेनि ४–५ घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौं बिघा खेती खाइदिने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए ।

यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती आहारविहारका लागि ओहोरदोहोर गरिरहेका हुन्छन् ।

गत आवमा २ जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस आवको हालसम्म हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here