बर्दियाको ठाकुरबाबा न.पा.बाट तीन किशोरी सम्पर्क बिहीन

श्रोत : ईन्टरनेट

शनिबार, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट तीन किशोरी सम्पर्कबिहीन भएका छन् ।

जिल्लाको ठकुरबाबा नगरपालिका वडा नं. ९ बेतहनी टोल बस्नेत १६ वर्षका तीन किशोरी शुक्रबार बिहानदेखि सम्पर्कबिहीन भएको एक किशोरीका अभिभावकले जनाएका छन् ।

frontline

एक किशोरीका अभिभावकले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारामा खोजी गरी पाउँ भनी निवेदन दिएका छन् ।

सम्पर्क बिहीन हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. ९ बेतहनीका बलबहादुर कामीकी १६ वर्षीया छोरी साबित्री बराइली, यमबहादुर परियारकी १६ वर्षीया छोरी यमुना परियार र सोहीस्थानका नारायणबहादुर पुनमगरकी १६ वर्षीया छोरी अनिता पुनमगर रहेको सम्पर्कबिहीन बराइलीका दाजु पूर्णबहादुर बराइलीले दिएको निवेदनमा उल्लेख छ ।

प्रहरीमा सम्पर्कबिहीन भएको निवेदन परेपछि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी ईश्वर कार्कीले बताए ।

प्रहरीले जिल्लाभित्रका साथै जिल्लाको सीमावर्ती क्षेत्रका साथै भारतीय सीमा क्षेत्रका प्रहरीसँग पनि समन्वय गरी खोजीकार्य जारी रहेको बताएको छ ।

किशोरीहरुले कुनैबेला मोबाइल अफ/अन गर्ने देखिएकोले आपराधिक घटना नभई कुनै लहड र महत्वाकांक्षाका कारण घर छोडेर हिँडेको हुनसक्ने एसपी कार्कीले बताए ।

सम्पर्कबिहीन भएका मध्ये पुन मगर र परियारको साथमा मोबाइल रहेको पनि उनीहरुका आफन्तजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here